२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषि उत्पादनलाई वजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

१४ जेष्ठ २०८२, मंगलवार ११:२८

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यावसायिक खेतीमा संलग्न किसानलाई बजारसँग जोड्न आवश्यक कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव सङ्कलन गरेको छ ।

मध्यवर्ती क्षेत्रअन्तर्गतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालकलगायतसँग छलफल गरी उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको काम गरिएको हो ।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले किसानले उत्पादन गरेका तरकारीले बजार मूल्य नपाउँदा खेर गइरहेको बताउनुभयो । “किसानले मेहेनत गरी तरकारी उत्पादन गर्छन्, बजार पाइँदैन मर्कामा छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बिना विषादी परीक्षण नगरीकनै भारतीय तरकारी सस्तोमै बजारमा पुग्छ । त्यससँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न सक्दैनन्, बिक्री हँुदैन । मध्यवर्ती क्षेत्रका किसानका तरकारीलगायत बाली जङ्गली जनावरले खाएर नोक्सानी पुर्याउने भएकाले वैकल्पिक खेतीलाई प्रवर्द्धन गरी बजारीकरण गरिनुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रको नगरपालिकाको वडा नं ६ र ७ का किसानले केही वर्षअघि क्यामाइल र बेसारखेती गरेका थिए । बजार नपाउँदा उक्त खेती किसानले दुई वर्षपछि गर्न छाडेको उहाँले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले किसान–व्यापारीसँग समन्वय गरी बजार अभाव समस्याको दिगो समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषिउपज सहज रूपमा बिक्री गर्न हाटबजारको आवश्यकता रहेको चर्चा गर्नुहँुदै उहाँले कृषि मन्त्रालयमा हाटबजारस्थलमा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटका लागि अश्वासन पाइएको बताउनुभयो ।
नगरपालिकाको वडा नं ३ का किसान वसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहँुदा लागत खर्च उठाउन नसकिने अवस्था रहेको बताउनुभयो । तरकारी बिक्री नभएपछि खेतबारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाड्न थालेको बताउनुभयो । नगरपालिकामा हुने मुख्य बाली, चुनौती र कृषिमा महिलाको संलग्नताबारे कृषि शाखाबाट सुझाव लिइएको छ ।

पोष्टहारवेष्ट, मूल्य शृङ्खला, बजार मागअनुसारको उत्पादन तथा बजारीकरणको समस्या, बजारको माग, पूर्ति, खरिदकर्ताको प्राथमिकता, बीउबिजन छनोट, गुणस्तरीय बीउ, मल तथा विषादीको प्रयोग, पालिकामा पकेट क्षेत्र निर्माण गर्न उपयुक्त हुने बाली छनोट, बजारीकरण, खरिद बिक्रीसम्बन्धी समस्या लगायतबारे चर्चा गरी किसानलाई जानकारी दिने कार्यसँगै सुझाव लिने काम गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव