१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बुटवलमा महिलासहित दुईबालिकाको हथौडा र चक्कु प्रहार गरी वीभत्स हत्या

१५ जेष्ठ २०८२, बुधबार १२:०२

काठमाडौँ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमान ढकालको हत्या भएको हो । प्रहरीले हत्या अभियोगमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

तीनैजनाको घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानैका समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन् । सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए ।
–––

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव