१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

भोजपुरमा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

१६ जेष्ठ २०८२, बिहीबार ११:४०

काठमाडौँ । जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा ल्याएकोे छ । मुहानहरुको सुक्दै गएपछि सरक्षणको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वडामा पोखरी निर्माण गर्ने सोच साथ काम गरिरहेको जनाएको छ ।

जलवायु परिवर्तनका कारण देखिएका समस्याहरुको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने उद्धेश्यले एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो कार्यक्रम अन्तर्गत पोखरी खन्ने काम भईरहेको उहाँले बताउनुभयो छ । “प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन हामीले एक वडा एक पोखरी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’अध्यक्ष राईले भन्नुभयो,“पोखरी निर्माणले जमिनको रिचार्ज भएर मुहानहरुको संरक्षणमा टेवा पुग्नेछ ।”

पोखरी निर्माणले पानीको मुहान रिर्चािजङ हुने, सिंचाईमा सहजतासँगै आकस्मिक रुपमा हुने आगालागीको समयमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । पोखरीले तत्कालिन रुपमा पानीको अभाव हटाउने र प्राकृतिक रुपमा उम्रिएका मुहानहरुको रिचार्जिङमा सहयोग पुग्ने उहाँको भनाइ छ । पानीको अभावमा सिंचाइको लागि झेल्नु पर्ने समस्या कम गर्दै पानीको मुहानहरुको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो ।

“यो कार्यक्रम अन्र्तगत बर्षेनी सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ” प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासे पानी संकलनको काम भईरहेको छ । यो कामले मुहानहरुसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।” तत्काललाई खास उपयोगी जस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।

स्थानीयलाई तरकारीबाली तथा खेतीपाती गर्नको लागि पोखरी निर्माणले सहजता भएको हतुवागढी १ घोडेटारका वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपतिका कारण धैरै पानीको मुहानहरु सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ । पोखरीमा संचित गरिएको पानी आगलागीको समयमा प्रयोग सकिने व्यवस्थासमेत मिलाईएको छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने