३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

२० जेष्ठ २०८२, सोमबार ११:१३
काठमाडौँ । मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका  हुन् ।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको  बताउनुभयो ।
यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ ।  समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो ।
एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाइ छ । क्यामेरामा वन्यजन्तुको श्रव्य दृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्तले बनाउनुभयो ।
एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिनुभयो ।
सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको वन रेञ्जर ओलीको भनाइ छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उहाँले बताउनुभयो ।
एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलवा आहार प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेरा ट्यापिङमार्फत अध्ययन गर्ने जनाएको छ । “हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको छकी छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ”, वन रेञ्जर ओलीले भने ।
क्यामेरा ट्यापिङमार्फत आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले उल्लेख गर्नुभयो । यसका साथै हिउँ चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाइने वन रेञ्जर ओलीको भनाइ छ ।
एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौँ क्यामेरा राखेर ट्यापिङ गरेको थियो । तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाइ छ ।
एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई सर्वेक्षण गर्न राखिएका क्यामेराको माध्यमबाट मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा योगदान पु¥याउने एक्यापको भनाई छ । जिल्लाका उच्चलेंक तथा पाटनमा यार्सा टिप्ने सिजन सुरु भएकाले उच्चलेंक तथा पाटनमा हुने अवान्छित गतिविधिलाई क्यामेरा ट्यापिङले ठूलो सघाउँ पु¥याउने जनाइएको छ ।
एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणका लागि एक्याप वन रेञ्जर ओलीलगायत अन्य एक्यापका कर्मचारीहरु कार्यस्थलमा खटिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट