१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कालिकामा जिपिएस प्रणालीमा आधारित घर नम्बर

२० जेष्ठ २०८२, सोमबार १४:००

काठमाडौँ । चितवन जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छाैं, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरि नै घर नम्बर राख्छौँ ।”

आउँदो वर्षको बजेटमा रु ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताउनुभयो । उहाँले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताउनुभयो ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८०० हाराहारी घरधुरी रहेको उहाँले जानकारी दिनुभयो । कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ । यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का