२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कालिकामा जिपिएस प्रणालीमा आधारित घर नम्बर

२०८२, २० जेष्ठ सोमबार १४:००

काठमाडौँ । चितवन जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छाैं, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरि नै घर नम्बर राख्छौँ ।”

आउँदो वर्षको बजेटमा रु ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताउनुभयो । उहाँले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताउनुभयो ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८०० हाराहारी घरधुरी रहेको उहाँले जानकारी दिनुभयो । कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ । यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने