२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

२१ जेष्ठ २०८२, मंगलवार १२:०१
काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तगर््त यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “नगरवासीलाई बङ्गुरपालन व्यवसाय गराउन १६ घरपरिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । दुई लाख बराबरको खोर बनाएका घरपरिवारलाई नगरपालिकाका तर्फबाट एक लाख २० हजार अनुदान दिइएको छ”, उहाँले भन्नुभयो, “अनुदानमा खोर बनाएका घरपरिवारलाई दुईवटाको दरले बङ्गुरको पाठापाठी उपलब्ध गराएका छौँ । पशु प्राविधिकमार्फत परामर्श तथा औषधि उपचारसमेत उपलब्ध गराउने गरिएको छ ।”
नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभयो । करुणा फाउनडेसनको सहयोगमा १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घरपरिवारलाई उपलब्ध गराइएको हो ।
नगरसभाबाट रु १२ लाख ५० हजार बजेट विनियोजन गरी बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको थियो । नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहनेलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसअघि उन्नत जातका १०० वटा भैँसी वितरण गरिसकेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेको थियो ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै ठाउँमा रोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का