३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

२१ जेष्ठ २०८२, मंगलवार १५:२३
काठमाडौँ । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको मुख्य जिम्मेवारी हो ।
पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो सङ्ख्यामा वृद्धि भएको उहाँको अनुभव छ । “पहिले गर्भवतीले स्वास्थ्य संस्थामा गर्भावस्था सम्बन्धमा चेकजाँच गराउने चलन थिएन । अस्पतालको सहज पहुँच पनि थिएन र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन”, उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन पछि उनीहरु नियमित परीक्षण गराउन थालेका हुन् ।”
पछिल्लो समय दतिल तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको सङ्ख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम हो । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।
लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज लहान–२० का ४८ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, “मापदण्डअनुसार गर्भजाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नगरप्रमुख चौधरीले महिलामा पोषणको कमी नहुने र मापदण्डअनुसार नियमित परीक्षण कार्यक्रम प्रभावकारी हुने भएकाले यस कार्यक्रमलाई आफू नगरप्रमुख भएदेखि सञ्चालन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  वडा नं १६ को तरेगणा र वडा नं १९ को सोनवतीमा ‘बर्थिङ सेन्टर’ निर्माण गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।
सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेशप्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारकालागि प्रभावकारी भएको बताउनुभयो । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मोटर, सोयाविनलगायत खाद्यान्न सामग्री छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट