२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

पुख्र्यौली पेसा जोगाउँदै युवा पुस्ता

२२ जेष्ठ २०८२, बुधबार १४:३३
काठमाडौँ । सहरीकरण, वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा गाउँ छोड्ने प्रवृत्ति तीव्र बनेका कारण गाउँका पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेका छन् । युवा गाउँ छाडेपछि परम्परागत पेसा क्रमशः ओझेलमा पर्दै गएको छन्  । तर, ताप्लेजुङको सिदिङवा गाउँपालिकाका केही युवा भने आफ्नो पुख्र्यौली पेसा जोगाउने प्रयासमा लागिरहेका छन् ।
सिदिङवा गाउँपालिका–१ कालिखोलाका ३४ वर्षीय भीम भण्डारी यस्तै उदाहरण हुनुहुन्छ । उहाँका बाजे–बुबाले लामो समयदेखि गाई, भैँसी र चौँरी याक पालन गर्दै आउनुभएको थियो । भण्डारीले अहिले त्यसैलाई आधुनिक रूपमा विस्तार गर्दै आफ्नो पुख्र्यौली पेसालाई पुनर्जीवन दिनुभएको छ । हाल उहाँ तिम्बुङ पोखरी आसपासका हिमाली क्षेत्रका फेदीमा चौँरी गोठसँगै जीवन बिताइरहनुभएको छ । कहिले हिमाल चढ्दै त कहिले बादलसँग लुकामारी खेल्दै उहाँ १०० भन्दा बढी चौँरीसहित परम्परागत गोठाली जीवन जिउँदै आउनुभएको छ ।
सोही गाउँका २७ वर्षीय भरत बानियाँ पनि यस्तै उदाहरण हुनुहुन्छ । उहाँका साथीहरू प्रायः वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा गाउँबाट बाहिरिएका छन् । तर, उहाँले भने गाउँमै बसेर पुख्र्यौली चौँरी गोठालो पेसा सम्हाल्ने निर्णय गर्नुभएको छ । कहिले तिम्बुङ पोखरी त कहिले फालेलुङ डाँडातिर चौँरी लिएर हिँड्ने बानियाँ अब आफ्नै जीवनशैलीमा रमाउन थाल्नुभएको छ ।
हालै गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङवा धाम पर्यटन महोत्सवमा भण्डारी र बानियाँले आफ्ना चौँरी थाम डाँडामा प्रदर्शनमा राखेको थियो । चौँरी गोठप्रति युवाहरूको चासो घट्दै गएकाले यसको महत्त्व बुझाउने उद्देश्यले उहाँहरूले महोत्सवमा सहभागिता जनाउनुभएको थियो ।
पछिल्लो समयमा चौँरी गोठ क्रमिक घट्दै गएसँगै चौँरी गोठसँग पर्यटन क्षेत्र जोड्नुपर्ने पर्यटन व्यवसायी अमिर राईको भनाइ छ । पर्यटकहरु गोठस्टेमा बस्न रुचाउने, चौँरी याकहरुसँग भिडियो बनाउने, तस्बिर लिन मन पराउने भएकाले पर्यटनसँग गोठ जोडनुपर्ने राईको भनाइ रहेको छ ।
आर्थिक पक्षमा भने चौँरीपालन सहज छैन । विगतमा चीनतर्फ निर्यात हुने याक तथा चौँरीको बजार अहिले खुम्चिएको छ । लामो समयदेखि सीमावर्ती नाका नखुलेपछि किसानहरूले पालिएका याक बिक्री गर्न नसकेको र आर्थिक रूपमा सङ्कट बेहोर्नुपरेको उहाँहरूको गुनासो छ ।
पहाडी तथा हिमाली भेगमा चौँरी गोठालो संस्कृति मात्र नभएर जीवन निर्वाहको माध्यमसमेत हो । भण्डारी र बानियाँजस्ता युवाको प्रयासले यो परम्परा जोगिनसक्ने आशा देखिएको छ । यस्ता पहललाई राज्य र स्थानीय तहले प्रोत्साहन गर्न सके पुख्र्यौली पेसा संरक्षणको अभियान थप सशक्त बन्न सक्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ