२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, २ जना घाइते

२२ जेष्ठ २०८२, बुधबार १४:४९
काठमाडौँ । पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको  बाप्र ०३– ००१ ज ०४५२ नम्बरको हाइस र विपरित दिशातर्फ जाँदै गरेको मप्र ०३–००१ ख ८६०० नम्बरको ट्रक ठोकिँदा रामनगर गाउँपालिका–१ खैरवा बस्ने ३६ वर्षीया भगियादेवी र सोही गाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते हुनेमा सर्लाहीको रामनगर–१ खैरवाका मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर रहेका प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ