२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन

२०७४, ११ भाद्र आईतवार १२:१३

भदौ ११,काठमाडौँ। हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । 

म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिनुभयो । 

नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ । 

बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ । 

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ । 

उहाँले भन्नुभयो, “हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौँ । भाइरसको संक्रमणबाट हुने यो रोग औषधिको प्रयोग गरेअनुसार १२ देखि ४८ हप्तामा निको हुन्छ ।” 

ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्राडा विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदैै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउनसक्ने बताउनुभयो । 

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस भएको बताउनुभयो । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा करिब ७१ लाख मानिस हेपाटाइटिस सी को संक्रमणमा परेको अनुमान छ । यसैका कारण वर्षेनी करिब तीन लाखभन्दा बढीको ज्यान जाने गरेको छ । 

यो भाइरसले आक्रमण गर्नेबित्तिकै लक्षण नदेखिने भएकाले सुरुआतमै बिरामीले रोगबारे थाहा पाउँदैन । भाइरसको संक्रमण बढ्दै गएपछि ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने लक्षण देखिन थाल्ने डा पौडेलले बताउनुभयो । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ । 

यसको एकमात्र उपचार भनेकै औषधि सेवन मात्र हो । डब्लुएचओका अनुसार ९५ प्रतिशत बिरामी औषधि सेवन गरेमा निको हुन सक्छन् । 

जथाभावी फालिएका ‘सिरिन्ज’ नचलाउने, लागुऔषधको प्रयोग नगर्ने, असुरक्षित यौनसम्पर्कबाट टाढै रहने हो भने हेपाटाइटिस सी को संक्रमणबाट बच्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन