३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जैविक विविधताको संरक्षण र पर्यावरण सन्तुलनमा सहयोग र सहकार्य आवश्यक’

२३ जेष्ठ २०८२, बिहीबार १२:५६
काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रको जैविक विविधता संरक्षणसहित वनस्पति तथा वन्यजन्तुको अवैध चोरी निकासी नियन्त्रणका लागि सम्बद्ध क्षेत्रका अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा सम्पन्न दुई पक्षीय बैठकमा वन तथा वन्यजन्तु संरक्षण र सम्बद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
बैठकमा पशुपक्षी तथा वन्यजन्तुको संरक्षण, सीमा क्षेत्रमा हुने काठ तथा जडिबुटी तस्करी न्यूनीकरण एवम् नियन्त्रणका लागि नवीन सूचना प्रणालीको सदुपयोग गर्दै दुई देशबीच समन्वयात्मक ढङ्गबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
यसैगरी जैविक विविधता संरक्षणका क्षेत्रमा दुई देशबीच सूचना आदानप्रदान गर्ने, चारी निकासी तथा बनस्पति तथा बन्यजन्तुको अवैध ओसारपसारमा संलग्न पक्षको पहिचान र नियन्त्रणका लागि स्थानीयस्तरमै संयन्त्र निर्माण गर्ने, अग्रपङ्तिमा खटिने वनसम्बद्ध जनशक्तिलाका लागि आवश्यक तालिमको व्यवस्था गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
सो अवसरमा भारतको उत्तराखण्ड प्रदेशअन्तर्गत पिथौरागढ डिभिजन वन कार्यालयका प्रमुख आशुतोष सिहंले वन्यजन्तु संरक्षण, व्यवस्थापन तथा सीमावर्ती समस्यामा आधारित कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीचको सहकार्यले मात्र जैविकविविधताको संरक्षण र पर्यावरण सन्तुलन हुने यथार्थलाई दृष्टिगत गरी आवश्यक संयन्त्रसहित सहयोग र सहकार्यमा जोड दिनुभयो ।
अपि नम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले अवैध चोरीनिकासी, बनस्पति तथा बन्यजन्तुको अत्यधिक दोहन, चरिचरनको अवस्था, दाउराघाँस उपयोग र जलवायु परिवर्तनका कारण जैविक विविधतामा प्रत्यक्ष असर पर्नसक्ने भएकाले सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा डिभिजन वन कार्यालय डडेल्धुरा, बैतडी, दार्चुला तथा अपि नम्पा संरक्षण क्षेत्रअन्तर्गत टिङ्कर, ब्यास, छाङ्गरुङ, गुञ्जी खोला, दुम्लिङलगायत क्षेत्रको जैविक विविधताको अवस्था, वन तथा वनस्पतिको संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिका बारेमा छलफल भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट