४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सर्पले डसेर वन कार्यालयका कर्मचारीको मृत्यु

२३ जेष्ठ २०८२, बिहीबार १७:३५

काठमाडौँ । सर्पले डसेर डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका नम्बर १० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् ।

डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्‍याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।

मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश