२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सर्पले टोक्दा २५ बर्षीय युवाको मृत्यु

२०७४, १२ भाद्र सोमबार ०७:४३

भदौ १२, नवलपरासी । सर्पले डसेर नवलपरासीको सुस्तामा एकजनाको ज्यान गएको छ । 

नारायणी नदीमा माछा मार्न गएका बेला सोमबार बिहान सर्पदंशले सुस्ता गाउँपालिका–५ चन्द्रगञ्जका २५ वर्षका सोनु मुसहरको उपचारको क्रममा ज्यान गएको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भीमबहादुर चौधरीले जानकारी दिए । 

नवलपरासीको नवलपुर क्षेत्र विषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्सेनि १०/१५ जना सर्पको डसाइबाट मर्ने गरेका छन् । आइसियु कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुँदा सर्पदंशका बिरामीहरुको समयमा उपचार हुननसकी ज्यान जाने गरेको छ ।

सर्पले टोकेपछि देखिने केही लक्षणहरु यस्ता छन् ।

टोकेपछि घाँटी दुख्ने वा थुक निल्न गाह्रो हुने, पेट दुख्ने, वाकवाकी लाग्ने वा उल्टी हुने, ननिदाएको व्यक्तिको एक्कासी आँखा बन्द हुने, आँखा बन्द नहुँदा समेत धमीलो देख्ने, टोकेको ठाउँ बिस्तारै सुन्निदै जाने, शरीरका बिभिन्न भागबाट रगत बग्ने, हातखुट्टाका माशंपेशी नचल्ने, सास फेर्न गाह्रो हुने र जिब्रो कम चल्ने जस्ता समस्याहरु देखिने गर्दछन । 

सर्पदंशबाट बच्ने उपायहरु यस्ता छन्  ।

-अनावश्यक रुपमा घर बाहिर साँझ तथा रातीको समयमा ननिस्किने र निस्कनै परेमा उज्यालोको लागि टर्च प्रयोग गर्ने ।

-शरीर पुरै छोप्ने कपडा र जुत्ता प्रयोग गर्ने त्यसमा पनि सम्भव भए गमबुट लगाएर निस्कने

-घर वरिपरी सफा राख्ने, झारपात हटाउने, मुसाका प्वाल वा अन्य कुनै प्वाल भित्र हात नहाल्ने, ठूला प्वाल पुर्ने । 

-सर्पलाई जिस्काउने, मार्ने प्रयास नगर्ने यदि सर्प घर भित्र पसेको छ भने बाहिर निस्कने अनुकुल बातावरण बनाउने । 

-जमिनमा भएको वस्तु उचाल्दा एक पटक राम्रोसँग हल्लाईसकेपछि मात्र उचाल्ने । 

-घरको झ्याल, ढोकामा जालीको प्रयोग गर्ने । सुत्दा सधंै खाटमा सुत्ने र झुलको प्रयोग गर्ने ।

-सकभर जंगल झाडी कुना काप्चा नजाने, जानै पर्ने भएमा सतर्कता अपनाएर जाने ।

-मुसा खानका लागि सर्पहरु आउने भएकाले मुसा नियन्त्रणका लागि बिरालो पाल्ने । 

-गर्मीमा पानी परेपछि साँझ र रातीको समयमा बढी सतर्क हुने । पोखरी वा नदीमा पौडी खेल्दा सर्पहरु पनि हुन सक्ने भएकाले चनाखो बन्नुपर्छ । 

-उच्च पहाडी भेगतिर सर्पहरु रुख तथा पर्खालमा पनि पाईने भएकाले त्यस्ता ठाउँमा सावधानी अपनाउने । 

-बुढापाकाले लठ्ठी र छाता बोकेर बाहिर निस्केको त प्रायःले देखेकै छौं जसले टेक्न मात्र नभएर आवश्यक पर्दा छेक्न र सेक्न सक्छ । लठ्ठीको आवाजले सर्पहरु भाग्छन् पनि ।

-सर्पदंशको जोखिम न्यूनिकरणका लागि प्रत्येक घरमा ब्याण्डेज अनिवार्य रुपमा राख्ने र सर्पदंशको उपचार हुने नजिकको स्वास्थ्य संस्थाको सम्पर्क फोन टिपीराख्ने । 

सर्पले डसीहालेमा के गर्ने ? 

चनाखो हुँदाहुँदै पनि सर्पले डसेमा वा डसेको शंका लागेमा ब्याण्डेज भएमा ब्याण्डेजले र नभएमा रुमाल वा चाक्लो कपडाले ज्यादै टनटनी नहुने गरी हलुका बाँध्नु पर्छ । मसिनो डोरीले कसिने गरी बाँधेमा रक्तसञ्चालन बन्द भई हात खुट्टा सुनिएर नोक्सान पनि हुन सक्छ । ख्याल गरौं उपचारपछि निको भएपनि अपाङ्गता हुन सक्छ ।

सर्पले डसेको बिरामीलाई बान्ता हुन सक्ने भएकाले पानी लगायत कुनै पनि बस्नु खान नदिने र बढी हलचल नगराई जतिसक्दो चाँडो अस्पताल र स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै