२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा रहेका मधेसी समुदायले ‘मधेस पार्क’ बनाउने

२४ जेष्ठ २०८२, शुक्रबार १४:०१
काठमाडौँ । अमेरिकामा रहेका मधेसी समुदायले मधेस पार्क बनाउन पहल सुरु गरेका छन् । मधेसी एशोसियन इन अमेरिकाको पहलमा मधेस पार्क निर्माण गर्न अभियान सुरु गरिएको हो ।
मधेसी एशोसियन इन अमेरिकाको भर्जिनियामा सम्पन्न चौथो महाधिवेशनमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस पार्कको योजनाको उद्घाटन गर्नुभएको छ ।
अमेरिकामा मधेसी समुदायको बसोबास बाक्लिँदै गएकाले मधेसी समुदायको पहिचान जोगाउन मधेस पार्क निर्माण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष डा सङ्गीत रौनियारले बताउनुभयो ।
मधेस पार्क मधेसी समुदायको बसोबास, स्थानको सम्भावना र उपलब्धता, आर्थिक स्रोतका आधारमा कुन राज्यमा निर्माण गर्ने भनेर निर्णय गरिनेछ । अध्यक्ष रौनियारमा अनुसार मधेस पार्क मधेसी समुदायको सहभागिता र सहयोगमा निर्माण गरिनेछ ।
पार्कमा प्रवेश गर्ने जोकोहीले आफूलाई मधेस प्रदेशमा भएको अनुभूति गर्नेछन् । मधेस पार्क परिसरमा निर्माण गरिने भवनमा मधेसी कला संस्कृति, वेषभूषा, इतिहास झल्किने सामग्री तथा चित्र राखिने कार्य योजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ