२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सभापति देउवाद्वारा ‘मैथिली भवन’ उद्घाटन

२०८२, २४ जेष्ठ शुक्रबार १७:०५
काठमाडौं ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
जनकपुरधाम–८ स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले गर्दै जनकपुरधामले नेपाल–भारतबीचको सम्बन्ध बढाउन पनि यसले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको रु सात करोड ५० लाखमा निर्माण भएको उक्त भवन पाँच कठ्ठामा फैलिएको छ । एउटा सभाहलसहित भवनमा ३० वटा कोठा छन् ।
त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर हाम्रो सभ्यता तथा संस्कृतिसँग परापूर्वकालदेखि जोडिएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटनसँग जोडनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यस संस्थाको उद्देश्य, पहिचान तथा गरिमा बढाउनका लागि मन्त्रालयले लगानी गरेको बताउनुभयो ।
पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले नेपालका सबै जातजाति तथा समूदायलाई आफ्नो धर्म तथा संस्कृतिको पहिचान तथा संरक्षणको अधिकार दिएको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिलाको गरिमा तथा महत्व बढाउनका लागि सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री  रामसरोज यादव तथा नेपाली कांगे्रस मधेस प्रदेश संसदीय दलका नेता कृष्णायादवलगायतको उपस्थिति थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह