३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति

२५ जेष्ठ २०८२, शनिबार १४:१४

काठमाडौँ |महोत्तरीमा  निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।

पछिल्ला तीन वर्षको तुलना गर्दा क्रमशः सडक दुर्घटना र मानवीय क्षति कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको घटना अभिलेखले देखाएको छ ।

“सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ, आर्थिक वर्ष २०७८/७९ यताका चालु आवसहित पछिल्ला दुई वर्षमा दुर्घटना र मानवीय क्षति घटेका छन्”, कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी भन्नुहुन्छ, “आव २०७९/८० मा भएका ७४१ सडक दुर्घटनाको सङ्ख्या आव २०८०/८१ मा ५०४ मा झरेको छ ।”

यसैगरी आव २०७९/८० मा दुर्घटनामा घाइते हुनेको सङ्ख्या एक हजार १०७ रहेको र पछिल्लो आव २०८०/८१ मा यो सङ्ख्या घटेर ७७२ मा झरेको अभिलेखले देखाएको छ । मृतकको सङ्ख्या भने यी दुवै वर्षमा बराबरी ६८ देखिएको छ ।

यसैगरी जारी आर्थिक वर्ष २०८१/८२ का बितेका १० महिनामा सडक दुर्घटनाका सङ्ख्या केही बढेको देखिए पनि १०० को हाराहारीका सामान्य प्रकृतिका छन् । जारी आवको वैशाखसम्म सानाठूला गरी ५३४ घटना दर्ता रहेमध्ये १०० घटना कुनै क्षति नभएका सामान्य प्रकृतिका रहेका प्रनि जोशीले स्पष्ट पार्नुभयो । यस अवधिमा सडक दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने ५६५ जना सामान्य घाइते भएका छन् ।

दिनदिनै सवारी साधन बढ्दै गएका बेला यसअघि बितेका वर्षहरुको तुलनामा यसअवधिको यो कम क्षति हो । ट्राफिक प्रहरीले पछिल्ला दुई वर्षयता सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबीच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक अहिले सचेतनाअन्र्तगत ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम मनाइरहेको छ ।

गत बिहीबार सुरु भएको यो कार्यक्रम विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आउने बुधबार समापन गर्ने तालिका छ । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम जिल्लाका बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीसहितका ठाउँमा एकपछि अर्को गरेर सम्पन्न गरिँदै छन् । कार्यक्रममा सबै तर्फबाट प्राप्त चासो र सहयोगले सचेतना कार्यक्रम बढाउन हौसला मिलेको प्रनि जोशीको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ