३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन

२७ जेष्ठ २०८२, सोमबार १३:४५
काठमाडौँ । लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्योपचार सेवा सञ्चालन गरिएको हो ।
महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।
“नसर्ने रोग चुनौतीका रुपमा रहेका छन्”, उहाँले भन्नुभयो, “समयमै पहिचान नहुँदा जटिलता पैदा गर्ने हुन्छन, त्यसैले स्वास्थ्यकर्मीले ती रोगको पहिचान गरी उपचारका लागि परामर्श दिने छन् ।” उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगका बिरामीको खोज पड्ताल गरी उपचार योजना बनाइ उपचारका लागि पहल गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताउनुभयो ।
कार्यक्रमबाट आर्थिक रुपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ता भएका व्यक्ति बढी लाभान्वित हुँदै आएकोे उहाँले बताउनुभयो । गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट