२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सीप सिकेर आत्मनिर्भर बन्दै रामपुरका महिला

१५ भाद्र २०७४, बिहीबार ०६:११

 सुशीला रेग्मी । भदौ १५,पाल्पा। सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । 

दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ । 

दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि उनीहरुले सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउने पेशा अंगालेका छन् । यस व्यवसायमा फुर्सदिला, अन्य व्यवसाय, शिक्षण संस्थामा कमै आबद्ध भएका महिला संलग्न छन् । 

विगत दश वर्षदेखि रामपुरको बेझाड बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आउनुभएकी सुलोमी ब्युटी पार्लरकी सुष्मा रानाले यस व्यवसायबाट राम्रो कमाइ गर्न सफल हुनुभएको छ । उहाँले दुईसय भन्दा बढी महिलालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइसक्नुभएको छ । 

शुरुमा रु २० हजारबाट व्यवसाय थाल्नुभएकी रानाको पसलमा अहिले दिनहुँ थु्रपै ग्राहकको भीड लाग्ने गर्दछ । राना भन्नुहुन्छ, “यस व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने गरेको छ ।” यही व्यवसायबाट मासिक रुपमा रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

चारु रानालाई पनि यस व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको बताउनुहुन्छ । हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ “पढेर पनि जागिर पाइँदैन, हातमा सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ ।” “व्यवसाय थालेको तीन वर्ष भयो कमाइ पनि राम्रै छ” उहाँले भन्नुभयो । 

लामो समयसम्म टेलर्सको काम गर्दै आउनुभएकी रामपुरकी तुल्सी खनाललाई यतिबेला काममा भ्याइनभ्याइ छ । उहाँ यस क्षेत्रकै टेलर्सको काममा अग्रपंक्तिमा चिनिनुहुन्छ । एकवटा मेशिनबाट व्यवसाय शुरु गर्नुभएकी खनालले अहिले घर जग्गा जोडिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “काम राम्रो भयो भने व्यवसाय बढ्ने हो ।” काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उहाँको अनुभव छ । 

अर्की महिला जुबिदा अन्जुमलाई पनि सिलाइकटाइले आत्मनिर्भर बनाएको छ । विगत सात वर्षदेखि व्यवसाय गर्नुभएकी अन्जुमले तीन जनालाई रोजगार दिँदै आउनुभएको छ । 

आफ्नै हातमा सीप छ भने एक महिनामा सजिलैसँग रु ५० हजारभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । दैनिकरुपमा राम्रो कमाइ गर्नसक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् । 

रामपुरको बजार क्षेत्रमा मात्रै ५० जनाभन्दा बढी महिला सिलाइकटाइ र दुई दर्जनभन्दा बढी महिला ब्युटिपार्लर व्यवसायमा संलग्न छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु