२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सीप सिकेर आत्मनिर्भर बन्दै रामपुरका महिला

२०७४, १५ भाद्र बिहीबार ०६:११

 सुशीला रेग्मी । भदौ १५,पाल्पा। सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । 

दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ । 

दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि उनीहरुले सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउने पेशा अंगालेका छन् । यस व्यवसायमा फुर्सदिला, अन्य व्यवसाय, शिक्षण संस्थामा कमै आबद्ध भएका महिला संलग्न छन् । 

विगत दश वर्षदेखि रामपुरको बेझाड बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आउनुभएकी सुलोमी ब्युटी पार्लरकी सुष्मा रानाले यस व्यवसायबाट राम्रो कमाइ गर्न सफल हुनुभएको छ । उहाँले दुईसय भन्दा बढी महिलालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइसक्नुभएको छ । 

शुरुमा रु २० हजारबाट व्यवसाय थाल्नुभएकी रानाको पसलमा अहिले दिनहुँ थु्रपै ग्राहकको भीड लाग्ने गर्दछ । राना भन्नुहुन्छ, “यस व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने गरेको छ ।” यही व्यवसायबाट मासिक रुपमा रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

चारु रानालाई पनि यस व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको बताउनुहुन्छ । हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ “पढेर पनि जागिर पाइँदैन, हातमा सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ ।” “व्यवसाय थालेको तीन वर्ष भयो कमाइ पनि राम्रै छ” उहाँले भन्नुभयो । 

लामो समयसम्म टेलर्सको काम गर्दै आउनुभएकी रामपुरकी तुल्सी खनाललाई यतिबेला काममा भ्याइनभ्याइ छ । उहाँ यस क्षेत्रकै टेलर्सको काममा अग्रपंक्तिमा चिनिनुहुन्छ । एकवटा मेशिनबाट व्यवसाय शुरु गर्नुभएकी खनालले अहिले घर जग्गा जोडिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “काम राम्रो भयो भने व्यवसाय बढ्ने हो ।” काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उहाँको अनुभव छ । 

अर्की महिला जुबिदा अन्जुमलाई पनि सिलाइकटाइले आत्मनिर्भर बनाएको छ । विगत सात वर्षदेखि व्यवसाय गर्नुभएकी अन्जुमले तीन जनालाई रोजगार दिँदै आउनुभएको छ । 

आफ्नै हातमा सीप छ भने एक महिनामा सजिलैसँग रु ५० हजारभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । दैनिकरुपमा राम्रो कमाइ गर्नसक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् । 

रामपुरको बजार क्षेत्रमा मात्रै ५० जनाभन्दा बढी महिला सिलाइकटाइ र दुई दर्जनभन्दा बढी महिला ब्युटिपार्लर व्यवसायमा संलग्न छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते