२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

उपल्लो मुस्ताङमा सेटलाइट कृषि फार्म हुँदै

२०८२, ६ असार शुक्रबार १२:१५
काठमाडौँ । उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । मार्फामा उत्पादन हुने फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धनका साथै स्थान्तरण गर्ने उद्देश्यले सेटलाइट फार्म स्थापना गर्न लागिएको हो ।
सेटसाइट स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको उक्त कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । हालसम्म ८०१ रोपनी नेपाल सरकारका नाममा दर्ता भइसकेको र अब केही महिनाभित्र केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयले बताउनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल तथा तरकारीमा असर परिरहेको उल्लेख गर्दै प्रमुख आत्रेयले त्यसका लागि सेटलाइट स्थापना आवश्यक भएको बताउनुभयो । मुस्ताङको तल्लो क्षेत्रमा स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायतको उत्पादन जलवायु परिवर्तनको असरका कारण कम हुन थालेको छ ।
उपल्लो मुस्ताङमा बागवानी केन्द्रको शाखा विस्तार भएमा उपल्लो मुस्ताङका किसानलाई ठूलो सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो । “उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न समस्या छ, ढुवानी खर्च पनि महँगो हुँदै गएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेगका किसानले सजिलै बिरुवा पाउनसक्ने अवस्था हुन्छ ।”
जग्गा प्राप्तिको प्रक्रिया पूरा हुने भएलगत्तै कार्यालय स्थापना र फार्म विस्तारको प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीन वटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लकहरु निर्माण गरिने जनाइएको छ ।
बागवानी विकास केन्द्र मार्फाले बर्सेनि किसानलाई पुस र माघमा स्याउलगायतका फलफूलका बिरुवा वितरण गर्ने गर्छ । तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत र वैशाख महिनामा मात्रै स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पु¥याउने बागवानी विकास केन्द्रको भनाइ छ ।
करिब तीन दशकअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुन्थ्यो । तर अहिले जलवायु परिवर्तनका कारण उक्त स्थानमा स्याउखेती राम्रो हुँदैन । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफलको उत्पादन हुन थालेको छ ।
मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र विसं २०२३ मा स्थापना भएको हो । फार्म स्थापना भएपश्चात् मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ । मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ ।
हाल शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा १७५ र घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ । केन्द्रले मार्फामा चार वटा ब्लकमा फलफूलको बिरुवा तथा तरकारीको बीउका साथसाथै ताजा फलफूल तथा तरकारी उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ