३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

उपल्लो मुस्ताङमा सेटलाइट कृषि फार्म हुँदै

६ असार २०८२, शुक्रबार १२:१५
काठमाडौँ । उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । मार्फामा उत्पादन हुने फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धनका साथै स्थान्तरण गर्ने उद्देश्यले सेटलाइट फार्म स्थापना गर्न लागिएको हो ।
सेटसाइट स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको उक्त कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । हालसम्म ८०१ रोपनी नेपाल सरकारका नाममा दर्ता भइसकेको र अब केही महिनाभित्र केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयले बताउनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल तथा तरकारीमा असर परिरहेको उल्लेख गर्दै प्रमुख आत्रेयले त्यसका लागि सेटलाइट स्थापना आवश्यक भएको बताउनुभयो । मुस्ताङको तल्लो क्षेत्रमा स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायतको उत्पादन जलवायु परिवर्तनको असरका कारण कम हुन थालेको छ ।
उपल्लो मुस्ताङमा बागवानी केन्द्रको शाखा विस्तार भएमा उपल्लो मुस्ताङका किसानलाई ठूलो सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो । “उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न समस्या छ, ढुवानी खर्च पनि महँगो हुँदै गएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेगका किसानले सजिलै बिरुवा पाउनसक्ने अवस्था हुन्छ ।”
जग्गा प्राप्तिको प्रक्रिया पूरा हुने भएलगत्तै कार्यालय स्थापना र फार्म विस्तारको प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीन वटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लकहरु निर्माण गरिने जनाइएको छ ।
बागवानी विकास केन्द्र मार्फाले बर्सेनि किसानलाई पुस र माघमा स्याउलगायतका फलफूलका बिरुवा वितरण गर्ने गर्छ । तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत र वैशाख महिनामा मात्रै स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पु¥याउने बागवानी विकास केन्द्रको भनाइ छ ।
करिब तीन दशकअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुन्थ्यो । तर अहिले जलवायु परिवर्तनका कारण उक्त स्थानमा स्याउखेती राम्रो हुँदैन । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफलको उत्पादन हुन थालेको छ ।
मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र विसं २०२३ मा स्थापना भएको हो । फार्म स्थापना भएपश्चात् मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ । मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ ।
हाल शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा १७५ र घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ । केन्द्रले मार्फामा चार वटा ब्लकमा फलफूलको बिरुवा तथा तरकारीको बीउका साथसाथै ताजा फलफूल तथा तरकारी उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’