३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

गोठमै विशेषज्ञ सेवा दिँदै पशु प्रजनन कार्यालय

११ असार २०८२, बुधबार १२:५१
काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले पशु स्वास्थ्य उपचारमा विशेषज्ञ सेवा सुरु गरेको छ ।
बिरामी पशुको स्वास्थ्य जाँचका लागि भिडियो एक्सरेसहितको विशेषज्ञ सवा सञ्चालन गरिएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो । “पशु प्रजनन् सेवा सँगसँगै हामीले पशु स्वास्थ्य उपचारमा भिडियो एक्सरेसहितको विशेषज्ञ सेवासमेत सुरु गरेका छाँै”, कार्यालय प्रमुख खनालले भन्नुभयो, “कार्यालयबाट उपलब्ध गराउँदै आएको यो सेवा किसानको मागअनुसार उहाँहरुको घर गोठमा समेत उपलब्ध गराउन सकिन्छ ।”
उहाँले एकजना किसानलाई मात्रै सेवा दिन दुर दराजमा पुग्न कठिनाइ हुने भए पनि छ/सात वटा ‘केश’ भए किसानलाई घर गोठमै पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । हाल यो सेवाबाट बाँके र बर्दियाका किसान लाभान्वित भएको कार्यालय प्रमुख डा खनालले बताउनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले पश्चिम नेपालमा पशुको नश्ल सुधार र घाँस उत्पादनमा किसानलाई साथ दिँदै आएको छ । विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालयले विभिन्न आरोहअवरोह पार गर्दै ४६ वर्षदेखि यस क्षेत्रका किसानलाई सेवा प्रवाह गर्दै आएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खनालले बताउनुभयो ।
“स्थापनाको ४६ वर्ष पार गर्दा राष्ट्रिय पशु प्रजनन कार्यालयको नाम तीन पटक परिवर्तन गरिएको छ”, उहाँले भन्नुभयो, “विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालय २०४२ सालमा पशु प्रजनन कार्यालय, २०६० सालमा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्म र २०७५ मा सङ्घीयता कार्यान्वयनसँगै राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेमा रुपान्तरण भएको छ ।”
राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेले हाल लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम जिल्ला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पशुमा नश्ल सुधार तथा घाँस उत्पादन सेवा प्रवाह गर्दै आएको पशु प्राविधिक देवनारायण जैशीले बताउनुभयो ।
उहाँले कार्यालयबाट पशु नश्ल सुधारतर्फ कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण, चरन एवं बीउ वृद्धितर्फ हिउँदे वर्षे तथा बहुवर्षीय घाँसको बीउ उत्पादन तथा वितरणको काम हुँदै आएको जानकारी दिनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा गाउँपालिकाकै पहिचानको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले पशुको नश्ल सुधार र घाँसको बीउको लागि राष्ट्रिय पशु प्रजनन कार्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा एक लाख १७० ‘डोज’ वीर्य उत्पादन गरेको छ । विसं २०८१ साउनदेखि २०८२ जेठ महिनासम्म राँगा, साँढे र बोकाको गरी एक लाख १०० डोज वीर्य उत्पादन गरेको कार्यालयका सूचना अधिकारी डा मिलनकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार उत्पादन गरेकोमध्ये ६१ हजार डोज वीर्य किसानलाई वितरण गरिएको छ । यो अवधिमा ४३ हजार ८०० पशु चौपामा कृत्रिम गर्भाधान गराइएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही