११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राध्यापक सङ्घको अधिवेशन अन्योलमा

२० भाद्र २०७४, मंगलवार ०७:३६

भदौ २०, काठमाडौँ। नेपाल प्राध्यापक सङ्घको १५औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको दुई वर्ष हुँदा पनि अधिवेशन हुन सकेको छैन । 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको अधिवेशन नभएका कारण १६औँ अधिवेशन हुन नसकेको सङ्घले जनाएको छ । 

कार्यसमितिमा २१ जना निर्वाचित हुने व्यवस्था छ भने विभिन्न विश्वविद्यालयबाट छजना सदस्य मनोनीत गर्ने व्यवस्था छ । 

उक्त सङ्घको नयाँ नेतृत्वका लागि त्रिवि सङ्घका निर्वाचित केही प्रतिनिधि तथा देशभरका पब्लिक क्याम्पसबाट पनि प्राध्यापकलाई प्रतिनिधि छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । 

नेपालका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएका सामुदायिकरुपमा सञ्चालित नाफारहित क्याम्पसका प्राध्यापकको सङ्घलाई पब्लिक क्याम्पस प्राध्यापक सङ्घ भनिन्छ । 

विसं २०१९ मा गठन भएको सो संस्थाको विधानले प्रत्येक तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ । 

विसं २०६९ मा सम्पन्न भएको १५औँ अधिवेशनबाट गठन भएको कार्यसमितिको कार्यकाल विसं २०७२ मा सम्पन्न भएको भए पनि नयाँ नेतृत्व आउन नसकेका कारण पुरानै नेतृत्वले काम गर्दै आएको छ । 

सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले नेपाल प्रध्यापक सङ्घभन्दा पनि जेठो संस्थाका रुपमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्थापना भएकाले त्यसलाई छोडेर अधिवेशन गर्न नहुने बताउँदै सो सङ्घको अधिवेशन चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । 

उहाँले आफू तीन वर्षका लागि आएकामा पाँच वर्षसम्म पनि पद हस्तान्तरण गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै यस्तो अन्योलको प्रक्रिया लामो समयसम्म रहिरहेमा आफ्नो संस्थाको भविष्य पनि संकटमा पर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह