भदौ २०, बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ । 
११ माघ २०८२, शनिबार
काठमाडौँ - KTM

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

२० भाद्र २०७४, मंगलवार ०७:४६

भदौ २०, बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ । 

दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार आज यस क्षेत्रका धार्मिक महत्वका ताल, तलाउ र नदीतटमा पितृलाई तर्पण दिनेको घुइँचो बढेको छ । 

पितृपक्ष शुरु भएसँगै बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड, मटिहानीस्थित लक्ष्मी सर, जलेश्वर नगरपालिकाको जलेश्वरस्थित भार्गव सर, वरुण सर र पुरन्दर सरसहितका तलाउमा तर्पण दिनेको निकै छ । मैथिल समुदाय आफ्ना पितृलाई तर्पण दिन धार्मिक महत्वका तलाउ पुगेसँगै यजमानी पेशाका पुरोहितलाई संकल्प पढिदिन भ्याइनभ्याइ परेको देखिन्छ । 

यसबाहेक बर्दिबास नगरपालिकाको राइमण्डल धार्मिक क्षेत्र, टुटेश्वरधाम नजिकको बाँके नदी तट र रातु नदी किनारमा पनि तर्पण दिनेहरु भरिभराउ देखिएका छन् । भाद्र पूर्णिमादेखि असोज औँसीसम्मका सोह्र तिथिसम्मको अवधिलाई पितृपक्ष मानिने हिन्दू परम्परानुसार आजै यस पक्षमा गरिने पार्वण र एकोपार्वण विधिका श्राद्ध गर्न थालिएको छ । 

आज सूर्योदयपछि १५ घडी ५५ पलाको भोगसँगै पूर्णिमा सकिएर असोज कृष्ण प्रतिपदा शुरु हुने भएकाले पूर्णिमा तिथिमा गरिने श्राद्ध मध्याह्नअघि र प्रतिपदा तिथिको श्राद्ध मध्याह्नपछि गरिने बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता पुरोहित दिनेशकुमार झाले जानकारी दिनुभयो । पितृपक्षमा एकैदिन धेरै ठाउँमा पार्वण श्राद्ध गरी दिनुपर्ने हुँदा समय व्यवस्थापनमा भ्याइनभ्याइ भएको पुरोहित झाले बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह