११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित रियालिटी शो ‘नेपाल आइडल’विरुद्ध मुद्दा दर्ता

२० भाद्र २०७४, मंगलवार ०८:०७

भदौ २०, काठमाडौँ । चर्चित रियालिटी सो ‘नेपाल आइडल’ विरुद्ध मुद्दा दायर भएको छ । 

आइडलविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो । अधिवक्ता यज्ञमणी न्यौपानेले करार ऐन २०५६ को दफला ८७ को देहाय १ र २ बमोजिम आइडल विरुद्ध मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।

गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको न्यौपानेले जानकारी दिएका छन् । 

गत शुक्रबार टप ३ मा को पुग्लान र को आउट होलान भन्ने चर्चा सर्वत्र चर्चा भइरहेकेा बेला निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेर सबैलार्इ अर्काे राउण्डमा पुर्याएका थिए । अहिले नेपाल आइडलमा चार प्रतियोगी निशान भट्टराई , बुद्ध लामा , सागर आले र प्रताप दास छन् ।  

यसैगरि सोमबार मात्र नेपाल आइडलले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गर्दै आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्ति, समूह र अनलाइनको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह