१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राविधिक पदमा दरखास्त नपर्ने

२० भाद्र २०७४, मंगलवार १२:०८

भदौ २०, काठमाडौँ। लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । 

आव२०७३/०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै नपर्ने गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

टाइपिस्ट, मौसम विज्ञापन सहायक, नायब मौसम विज्ञान सहायक, रेखा विशेषज्ञ, इञ्जिनियरिङजस्ता सेवाबाहेक सबै स्वास्थ्य सेवाका पद छन् । उहाँका अनुसार चौथो पददेखि नवौँ पदसम्मका ती विज्ञापनमा दरखास्त नपर्ने गरेको हो । 

“पटक पटक हामीले विज्ञापन खुलाउँदा यी विज्ञापनमा दरखास्त परेको पाइँदैन”, उहाँले भन्नुभयो, “सामान्य प्रशासन मन्त्रालयले विज्ञापन खुलाउनका लागि दरखास्त उपलब्ध गराएपछि हामीले खुलाएका हौँ ।” 

यसरी दरखास्त नपर्ने अधिकांश पद आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने पद छन् । तीमध्ये दुई मात्र खुला प्रतियोगिताबाट मात्र पदपूर्ति गर्नुपर्ने रहेका छन् । 

स्वास्थ्यतर्फ खुला चिकित्सक मेटालर्जिष्ट र कन्सल्टेण्ट ट्रपिकल मेडिसिन (फिजिसियन) मात्र छन् । यसैगरी दरखास्त नपर्ने पदमा केमिकल इञ्जिनियर, एनेस्थेटिक सहायक, कन्सल्टेण्ट युरो सर्जन, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट, कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट छन् । यी पदमा दलित र महिलाका लागि दरखास्त मागिए पनि परेनन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह