१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा काठमाडौँका यी ठाउँमा संचालन हुँदैछन ‘यात्रु सहायता कक्ष’

२१ भाद्र २०७४, बुधबार ०९:३९

भदौ २१, काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । 

सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । 

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएका छन् । 

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिनुभयो । “यात्रुहरु सहज रुपमा घर जानका लागि यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” प्रमुख खनालले भन्नुभयो । 

उहाँले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायतका कार्य गरेमा कारबाही गरिने बताउनुभयो । 

तर यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारीसाधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटकपटक आग्रह गरेका छन् । 

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला चाडवाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सञ्चालन गर्न समस्या हुने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह