२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश, अब के हुन्छ ?

२०७४, २१ भाद्र बुधबार ११:५७

भदौ २१, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ  ।

न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । अदालतले सो मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ ।

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८: ४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गरायो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै सोमबार अदालतमा रिट दायर गरेका थिए ।

२३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल