२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्वोच्चलाई गभर्नर पौडेलको जवाफ– ऐनले भनेभन्दा माथिल्लो तहको शैक्षिक योग्यता छ

२०८२, २३ असार सोमबार १८:०१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफूसँग  ऐनले तोकेभन्दा माथिल्लो तहको शैक्षिक उपाधि रहेको भन्दै गभर्नर नियुक्तिमा ऐनअनुसारको स्नातकोत्तर उपाधि अनिवार्य नपर्ने दाबी गरेका छन्।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले आर्थिक, मौद्रिक, वाणिज्य वा बैंकिङ तथा वित्तीय क्षेत्रमध्ये कुनै एक विषयमा स्नातकोत्तर उपाधि अनिवार्य गरेको छ। तर, सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा डा. पौडेलले आफूले अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेको र यो ऐनले तोकेको न्यूनतम योग्यता भन्दा माथिको भएकाले ऐनले भने बमोजिमको स्नातकोत्तर उपाधि आवश्यक नपर्ने दाबी गरेका छन्।

उनले लिखित जवाफमा भनेका छन्, “प्रचलित कानुनी व्यवस्थाले तोकेको स्नातकोत्तर उपाधिभन्दा माथिल्लो विद्यावारिधिको उपाधिले अयोग्यता सिर्जना गर्दैन।” साथै, निवेदकले विद्यावारिधि नै उल्लेख गरेको अवस्थामा स्नातकोत्तर नभएको भन्नु विरोधाभाषपूर्ण रहेको उनको तर्क छ।

तर, पौडेलले नै राष्ट्र बैंक ऐनले मागेको विशिष्ट विषयको उपाधि नभएको स्वीकृति दिएपछि मुद्दा झनै पेचिलो बनेको छ।

गभर्नर नियुक्ति खारेजको मागसहित अधिवक्ता अनन्तराज लुइँटेल लगायतले सर्वोच्चमा रिट दायर गरेका छन्। गभर्नरमा नियुक्ति हुँदा कानुनले तोकेको योग्यता नपुगेको र उनी राजनीतिक दलबाट सिधै नियुक्त भएको दाबी गर्दै नियुक्ति बदरको माग गरिएको छ।

जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाल सरकार र राष्ट्र बैंकलाई नियुक्तिको आधार पुष्टि गर्न प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो। सरकार र राष्ट्र बैंकले पेश गरेको लिखित जवाफमा पनि डा. पौडेलकै भाषामा “ठूलो शैक्षिक योग्यता भएपछि सानो अनिवार्य हुँदैन” भन्ने तर्क दोहोर्याइएको छ।

अन्तरिम आदेशमार्फत गभर्नरले गम्भीर प्रकृतिका निर्णय गर्न रोक लगाउने मागसहित रिटमा अन्तरिम राहतको पनि माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी