१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल चिन बीच सम्पर्क विस्तारबारे छलफल

२३ भाद्र २०७४, शुक्रबार ११:००

भदौ २३, काठमाडौँ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज बिहान चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गर्नुभएको छ । 

भेटवार्तामा उहाँहरुबीच दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर रहेको बताउनुभयो । 

चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

यसैगरी शनिबार अपराह्न उपप्रधानमन्त्री महराले ग्वाङ्जाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह