२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोट बस दुर्घटना अपडेटः ६ को मृत्यु, २८ जना घाइते

२०७४, २४ भाद्र शनिबार १२:१७

भदौ २४, नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने २८ जना घाइते भएका छन् । 

काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस आज दिउँसो शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।

खरानीटारका लागि बिहान ९.३० बजे काठमाडौ बालाजुस्थित माछापोखरीबाट छुटेको सो बस सडकबाट तीन सय ५० मिटर तल खस्दा घाइते भएका २८ जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनामा परी विदुर  नगरपालिका वडा नम्बर नौका २१ बर्षीय शशी बोगटी, तादी गाउँपालिकाका ४५ बर्षीया लक्ष्मी न्यौपाने,सोही ठाउँकी ६७ बर्षीया फुलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।  

उपचारका लागि लगिएका मध्ये ५४ बर्षीय लालबहादुर तामाङ,२२ बर्षीया सविना तामाङ र उजेली मिजारको ग्रीनसिटी अस्पताल काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल