२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि काम थालनी

२०७४, २५ भाद्र आईतवार १०:३९

भदौ २५, काठमाडौँ। लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ । 

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । ‘‘समितिको निर्देशनबाट हामीले आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘आजै सामान्यलाई पत्र पठाउँदै असोज पहिलो हप्ता रिक्त दरबन्दी पठाउन भनेका छौँ ।’’ 

उहाँले रिक्त दरबन्दी आए पनि क्रमशः पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताउनुभयो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल