२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिकास गर्न कुनै कसर बाँकी नराख्ने: सरोकारवाला

२०७३, २६ बैशाख आईतवार ०२:५१

birendranagar nagarpalik
गोविन्द बिश्वकर्मा/वैशाख २६, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको समग्र विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

सुर्खेतको पहिलो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाले मनाएको पहिलो स्थापना दिवसका अवसरमा सरोकारवाला राजनितिक दल, नागरिक समाज तथा उद्योगी व्यवसायीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । स्थापना भएको ४० वर्षपछि पहिलो पटक मनाइएको स्थापना दिवसमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले नगरपालिकाको विकासका लागि नागरिकस्तरबाटै जागरुकता आउनुपर्ने बताए ।

उनले नगरपालिकाले जनताका लागि सेवा दिने गरे पनि नगरपालिकाभित्र निर्माण हुने योजना गुणस्तरीय भए कि भएनन् ?, आफूले तिरेको कर के मा लगानी भयो ? जस्ता विषयमा चासो राख्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्र केहि समस्या रहेका र त्यस्ता समस्या भइरहने भएकाले समस्या समाधानतर्फ सवैको एकमत हुन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । यस्तै नगरपालिकाका पूर्वप्रमुख वालाराम शर्माले स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा विकास निर्माणमा समस्या भइरहेको बताए । शर्माले पुरानो गुरुयोजनाअनुसार नगरपालिकाको भौतिक विकास हुन नसकेको भन्दै अव नयाँ खालको गुरुयोजनाको खाँचो रहेको पनि बताए ।

राजनितिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतले नगरपालिकाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । हाल २४ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाले विभीन्न फरक फरक समुदायका साँस्कृतिक झाँकीसहित अन्तरक्रियात्मक रुपमा जिल्ला विकास समितिको सभाहलमा स्थापना दिवस मनाएको हो ।

वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने तत्कालिन कटकुवा, गोठिकाँडा र जर्वुटा गाउँ पञ्चायतभित्र पर्ने केहि भागलाई मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत बनाइएको थियो । अहिले भने २०७१ साल वैशाख २५ गतेको मन्त्रीपरिषद्को निर्णय बमोजिम तत्कालिन उत्तरगंगा र लाटीकोइली गाविस समेत समावेश भएका थिए ।

२०७१ सालकै मंसिर १६ गतेको मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गाविसलाई समेत गाभेर २४ वटा वडामा विभाजन गरिएको छ । यो नगरपालिका नेपालका राम्रा योजना भएका नगरपालिका मध्येको एक भएको मानिन्छ । तत्कालिन राजा स्वर्गिय वीरेन्द्र शाहको निर्देशनले वीरेन्द्रनगरको भौतिक विकास योजना एक उच्चस्तरीय प्राविधिक टोली गठन गरेर २०२९ साल माघ १६ गते वीरेन्द्रनगर नगर योजना स्वीकृत गरी कार्यान्वयन गरिंदै आएको छ ।

पेरिस जस्तो सुन्दर शहरको रुपमा विकास गर्ने लक्ष्य लिई बनाइएको वीरेन्द्रनगरको गुरुयोजनालाई मूर्तरुप दिन वीरेन्द्रनगरका विभिन्न आवश्यक जग्गा अधिग्रहण गरिएको छ । सुन्दर शहर बनाउने भन्दै “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” को परिकल्पना नागरिकहरुको व्यवहारका कारण सफल बनाउन चुनौति देखिएको छ । वीरेन्द्रनगर बजारको दक्षिणतर्फ राजमार्गभन्दा बाहिरको भागलाई खेतीयोग्य क्षेत्र बनाउने भनिए पनि त्यो क्षेत्रमा समेत धमाधम घरहरु बनिरहेका छन् ।

यसैबिच, रेडियो सामग्रीहरुमार्फत् नगरपालिकाको विकासमा टेवा पु¥याएको भन्दै जागरण एफएम सुर्खेतका कार्यक्रम प्रमुख दीपेन्द्र वलीलाई वीरेन्द्रनगर नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको पूर्वाधार, सामाजिक एवम् आर्थिक विकास र सरसफाईका क्षेत्रमा टेवा पुग्नेगरि रिपोर्ट र समाचार तयार गरि प्रशारण गरेको भन्दै वलीलाई सम्मान गरिएको हो ।

programme

यस्तै, पत्रिकामा समाचारहरु प्रकाशन गरेर विकासमा योगदान पु¥याएको भन्दै साझा विसौनी दैनिकका कार्यकारी सम्पादक विनोद शाहीलाई पनि सम्मान गरिएकने छ । नगरपालिकाको कार्यालयले आफ्ना प्रथम प्रधान अधिकृत जनकबहादुर बस्नेत, वरिष्ठ कलाकार प्रेमदेव गिरी तथा विभीन्न फरक फरक निकायका व्यक्तिहरुलाई प्रशंसित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन