१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

२७ भाद्र २०७४, मंगलवार ११:२०

भदौ २७, काठमाडौँ। सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ । 

यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताउनुभयो । 

उहाँले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सिधै सुरक्षा भत्ताको रकम पठाइने जानकारी दिनुभयो । विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनसाथ रकम पठाउने तयारी गरेको छ । अहिले सो भत्ता पाउनेको विवरण स्थानीय तहमा संकलन भइरहेको छ । 

यस आव सामाजिक सुरक्षा भत्ताका लागि करिब रु ३६ अर्ब विनियोजन भइसकेको छ । गत आवमा २२ लाख ५५ हजार व्यक्तिलाई करिब रु ३५ अर्ब ४६ करोड वितरण गरिएको महानिर्देशक ठाकुरले बताउनुभयो । 

विभागले वर्षेनी तीन-तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा, अपांग, दलित, लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ । 

उक्त भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउनका लागि विभागले भत्ता पाउनेको नामवली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजार व्यक्तिको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह