२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

दिदीबहिनीको टिकटकपछिको आत्महत्या: ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ गीतमा जीवनको अन्त्य

९ श्रावण २०८२, बिहीबार १२:३०

काठमाडौँ | एउटै डोरीमा दुईजना पासो लगाउँदैछन् र सेल्फीमोडमा फोटो खिचेका छन् । र, त्यो फोटोलाई तत्काल टिकटक बनाएर उनीहरू अफलाइन हुन्छ । गीत थियो, ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’

बिहीबार बिहान ६ः४५ बजे १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल मृत फेला परे । भक्तपुरको बोडे, सिन्टिटार स्थितमा दुई तले घरको भुईँ तलामा बस्दै आएका यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ ।

मोबाइललाई सेल्फीमोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेको केहीबेरमै उनीहरू अफलाइन भएका थियो । उक्त भिडिओमा राखिएको गीत छ- मरेर गए नि नतोडिने बन्धन माया हो ।’

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भेटिएको थियो । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।

उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी हुन् । बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन् । काठमाडौंको कलंकीमा आन्टी बस्छिन् । प्रहरीले परिवारलाई खबर गरेपछि भारतबाट बाबुआमा नेपाल फर्किंदैछन् । मृतकहरूकी कान्छीआमा भर्खरै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

शव बुझ्न बोडे पुगेकी कान्छीआमाले मृतकका बुबा भारतबाट काठमाडौं आउनका लागि जहाज चढिसकेको प्रहरीलाई बताएकी छन् । दिदीबहिनी भारतबाट भागेर नेपाल आएको उनले प्रहरीलाई भनिन् ।

दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियाबाट मानिस हराएको सूचना गरिएको थियो । उनीहरू भागेर काठमाडौं आएका छन् भन्ने कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै थाहा भएको ती कान्छीआमाले प्रहरीलाई बताइन् । उनीहरूको साथमा मोबाइल भए पनि कहाँ, कसरी बसेको भन्नेबारे परिवारलाई केही नभनेको उनको भनाइ छ ।

आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर हालेका थिए । त्यही आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबाले कलंकीमा रहेकी आन्टीलाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।

प्रहरीले उनीहरू मृत फेला पर्नासाथ पहिचान खुलाउने क्रममा मोबाइल हेरेको थियो । त्यसबाट आवश्यक सम्पर्क नम्बर पत्ता लागेपछि अहिले उक्त मोबाइल सिल गरेर राखिएको भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

भारत भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव