१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० वर्षीया महिलाको हत्या अभियोगमा १७ वर्षीय किशोर पक्राउ

२८ भाद्र २०७४, बुधबार १०:११

भदौ २८, चितवन । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर–२३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेलापरेको जानकारी दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन ।

अभियुक्तले १८ ओटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजलाई म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ ।

त्यसैगरी, चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइ–फकाइ जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ ।

भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई सात र चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबर्जस्ती करणीको महलअन्तर्गत् अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा दिइएको जानकारीअनुसार प्रतिबन्धित लागुऔषध ओसार–पसारमा संलग्न नवलपुरको गैंडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरिएको छ ।

प्रहरीले महिलालाई होटलमा राखेर वेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापालाई भरतपुर बसपार्कबाट पक्राउ गरेको छ । निजले भरतपुर बसपार्कमा रहेको थापा गेस्टहाउसमा महिलालाई राखी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

२१ जना जुवाडे पक्राउ 

चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जुवा, तास नियन्त्रण अभियान सुरु गरेको छ ।

सोही अभियानअन्तर्गत् मंगलबार राति ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेस्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर १०० र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह