2026-09-11 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

मलेसियाबाट नेपाल फर्किएका सुरेन्द्र बाँच्न पाएनन्:छामघाटमा शव! हत्याको आशंका,श्रीमतीको अर्कोसंग विवाह

काठमाडौँ | साउन ११ गते बिहान दैलेखको छामघाट खोलानजिक एक युवकको शव फेला परेको छ। शव चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालका अनुसार सुरेन्द्रको शव दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा भेटिएको हो। सुरेन्द्रका आफन्तका अनुसार उनी दुई साता अघि मात्रै नेपाल आएका थिए। करिब ३३ महिना रोजगारिका लागि मलेसियामा बसेका सुरेन्द्र असार ३२ गते मात्रै नेपाल फर्किएका हुन्।

मलेसियामा करिब ३३ महिना मजदुरी गरेर फर्किएका सुरेन्द्र असार ३२ गते नेपाल आएका थिए। उनी असार ३२ गते काठमाडौँ ओर्लिका सुरेन्द्र दैलेखमा रहेका आमाबुवालाई भेट्ने धोकोसहित सुर्खेत आए। सुर्खेतको वीरेन्द्रनगरमा पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग करिब एक साताजति बसे। साउन १० गते घर फर्कंदै थिए। तर, निर्धारित दिनमा घर नपुगी भोलिपल्ट शव फेला परेको हो।

सुरेन्द्रका दाइ दिपक शाहीका अनुसार उनले सामान्यतः प्रयोग हुने बाटो छोडेर दैलेख बजारको सडक प्रयोग गरेका थिए, जुन असामान्य देखिएको छ।उनले घर जान किन त्यो सडक प्रयोग गरे खुलिसकेको छैन। दाइ दिपकका अनुसार साउन १० गते नै घरमा आइ पुग्नुपर्ने सुरेन्द्र घरमा त्यो दिन रातिसम्म पनि घर पुगेनन्। साउन ११ गते साँझ एकैचोटी उनको शव भेटिएको खबर गाउँमा फैलियो।

शवमा घाँटीमा डोरी कसेको र टाउकोमा गम्भीर चोट देखिएको परिवारको भनाइ छ। परिवारले हत्या भएको आशंका गर्दै दोषी पत्ता नलागेसम्म पोष्टमार्टम गर्न मानेका छैनन्। शव जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ।

सुरेन्द्रका ४, ६र ८ वर्षका तीन सन्तान छन्। श्रीमतीले एक वर्षअघि अर्कोसँग विवाह गरेको परिवारको दाबी छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस