२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जितिया पर्व’ मा थारु समुदायद्वारा सार्वजनिक बिदाको माग

२०७४, २९ भाद्र बिहीबार ०७:११

भदौ २९, काठमाडौँ। विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन् । 

थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आ–आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए । 

बिहानै स्नान गरी पवित्र भई व्रत बसेर पारिवारिक सुख, शान्ति तथा समृद्धिका लागि सो समुदायले यस किसिमको सांस्कृतिक पर्व मनाउने प्रचलन छ । 

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीले आदिम कालदेखि नेपालमा बसोबास गर्ने थारु समुदायका विभिन्न पर्व तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद रुक्मिणि चौधरीले थारु समुदायले राष्ट्रिय चाडका रुपमा ‘जितिया पर्व’ लाई मान्ने गरेको बताउँदै परापूर्व कालदेखि नै यस पर्वको महत्व रहँदै आएकाले यसलाई समाजमा व्यापकता बढाउन सार्वजनिक बिदाको माग गर्नुभयो । 

समाजका अध्यक्ष गीता चौधरीले विवाहित थारु महिलाले आफ्नो घर परिवारको उन्नतिका लागि ‘जीतमान बाबा’को पूजा गर्दै सांस्कृतिक नाचगान गरी सो पर्व मनाउँदै आएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल