2026-09-11 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भिडियो कलको कारण १७ वर्षीया किशोरीको हत्या! प्रेमीको चक्कु प्रहारले लियो ज्यान

काठमाडौँ | कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियाँस्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया किशोरी याचना सेजवालको हत्या अर्को केटासँग बाेल्दा भएको खुलेको छ। दुई जनाबीच प्रेम सम्बन्धमा आएको विवादपछि हत्या भएको खुलेको हो।

प्रहरीका अनुसार मृतक सेजवाल सो रेस्टुरेन्टमा १६ दिनअघि मात्रै काम गर्न थालेकी थिइन्। त्यही क्रममा किचेनमा कार्यरत ३३ वर्षीय नृप साउदसँग उनी नजिकिइन्। प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि मात्रै साउदको वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) भएको थियो।

डिभोर्सपछि उनी तनावमा थिए भने याचनासँगको सम्बन्ध प्रेममा परिणत भएपछि उनलाई तनाव केही कम भएको प्रहरीको भनाइ छ।

नृपले आफ्नो डिभोर्स भए पनि अब जीवनमा याचनाले साथ दिने भन्दै पुराना दिन बिर्सिँदै याचनासँगको सम्बन्धलाई प्रगाढ बनाउँदै अघि बढेको खुलेको छ। तर पछिल्ला केही दिनदेखि याचनाले अन्य केटासँग भिडियो कल , च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेको प्रहरीले जनाएको छ। सोही कुराबाट दुईबीच मनमुटाव सुरु भएको थियो।

शुक्रबार राति मात्रै दुवै जनाबीच भाग्ने सहमति भएको तर अन्तिममा याचनाले भाग्न नमानेपछि नृप आक्रोशित बनेका थिए।
शनिबार बिहान करिब १० बजे कामकै समयमा रेस्टुरेन्टभित्रै आक्रोशित साउदले धारिलो चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल लगिएको थियो, उनको उपचारका क्रममा मृत्यु भयो।

सेजवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ। उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस