२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनमा काँग्रेस पहिलो दल बन्छ :लेखक

२०७४, २९ भाद्र बिहीबार ११:२३

भदौ २९, काठमाडौँ। आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ । 

आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ । असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले काँग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताउनुभयो । 

प्रदेश नं २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्कनुभएका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आममतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै काँग्रेस पहिलो हुने विश्वास व्यक्त गर्नुभयो । 

काँग्रेसले स्थानीयस्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ । 

मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा काँग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उहाँको भनाइ थियो । 

“मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन र मुुलुकलाई समृद्धिको दिशामा लान ल्याइएको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका कारण असफल हुनपुग्यो,” नेता लेखकले भन्नुभयो – “यसले काँग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।” 

नेता लेखकले काँग्रेसले अहिलेसम्म भएका उपलब्धिका रुपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिक दललाई संलग्न गराउने वातावरण तयार पारेको पनि उल्लेख गर्नुभयो । “असन्तुष्ट राजनीतिक दलहरुलाई समेट्न प्रदेश नं २ को चुनाव केही समय पर सार्दा हामीलाई चुनाव नगराउने आरोप लगाइयो,” नेता लेखकले भन्नुभयो – “तर अलिकति लचिलो नीति लिँदा स्थानीय चुनावमा सबै सहभागी हुने वातावरण तयार भयो ।” 

उहाँले संविधान कार्यान्वयनतर्फ गएकामा सन्तुष्टि प्रकट गर्दै भन्नुभयो, “काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले नै प्रादेशिक र संघीय निर्वाचनको घोषणा गरी त्यसअनुरुप निर्वाचन गर्ने वातावरण तयार पारेकाले काँग्रेस नेतृत्वले नै राजनीतिक स्थायित्व कायम गरी विकास अभियानमा नेतृत्व दिनसक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।” 

नेता लेखकले क्षेत्रीय र साना पार्टीहरुले मधेशका बासिन्दाका मुद्दालाई बोकेर निष्कर्षमा पु¥याउन नसक्ने धारणा व्यक्त गर्दै भन्नुभयो – “संविधान संशोधनलगायत तराई मधेशका भारी मुद्दा बोक्न पनि बलियो काँध चाहिन्छ । काँग्रेसबाहेक अरुबाट त्यो सम्भव छैन ।” 

नेता लेखकले तराई मधेश रहेको बाढी र डुबानको समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउँदै तराईको विकासका लागि पनि काँग्रेसको नेतृत्वमा थुप्रै काम भएको दाबी गर्नुभयो । 

उहाँले ८०० किलोमिटर हुलाकी सडक निर्माण गर्ने, तराई–मधेशलाई काठमाडौँसँग जोड्ने दु्रत मार्ग नेपाली सेनालाई बनाउन दिने, निजगढ विमानस्थल निर्माण गर्नेलगायत रेल्वे सेवा विस्तार, सिँचाइ र शिक्षाका पूर्वाधार काँग्रेसको पालामा बनेका र बनाउने निर्णय भएको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल