१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मृत्युदण्डको सजायबाट जोगिए यी नेपाली, कसरी परे जेल ?

३० भाद्र २०७४, शुक्रबार १७:३५

भदौ ३०, मलेशिया । तीन वर्ष अगाडि रोजगारीको लागि मलेशिया आएका एक नेपाली मृत्युदण्डको सजायबाट जोगिएका छन् । 

इलामको साविक एकतप्पा गाविस वडा न ७ घर भएका २८ बर्षीय भिम दियाली मृत्युदण्डको सजायबाट जोगिएका हुन् । दियाली गतवर्ष फेब्रुवरी १८ मा मध्येराति पक्राउ परि मलेसियाको सुगाईवुलो जेलमा परेका थिए । 

आज (सेप्टेम्बर १५ तारिख)का दिन मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दोष ठहरिएको वकिलको फेसबुकमार्फत भिडिमा जानकारी दिएका छन् ।

मलेसिया ईमिग्रेसनको पत्र आएपछि दियालीलाई ट्राभल्स डकुमेन्ट दिईने कुरा दुतावासका द्धितिय सचिव श्री विनोद मुखियाले जानकारी दिएका छन् । भिम दियालीलाई जेलमुक्त गर्नको लागि पूर्व सभामुख श्री सुबास चन्द्र नेम्बाङ तथा नेपाली राजदुतावास मलेसियाका निरञ्जन बस्नेत, द्धितिय सचिव विनोद मुखिया एवम् नेपाली दुतावास मलेसिया परिवारको प्रयासमा वकिल मिस कैरिनले निकै मेहनत गरेका थिए । 

कसरी परे जेल ?

भिम दियालीलाई लागुऔषध (गाँजा) ओसारपसारको आरोपमा जेल हालिएको थियो । मलेसियामा लागुऔषध ओसारपसार जघन्य अपराध मानिन्छ । यस्तो मुद्धा लागेकाहरु विरलै छुट्ने गर्छन । 

दियाली जेल परेपछि उनका गाउँल दाई बुद्धिमान राईमार्फत बिभिन्न निकायसम्म पहल सुरु गरिएको थियो । राईले उनि जेल परेको विषय रेशम बराईली मार्फत थाहा पाई दुतावाससम्म पुर्याएको बताएका छन् ।

दियालीले आफु मुक्त भएपछी भनेका छन्,’मेरो गाजा केश थियो जुन मेरो थिएन अर्को साथीको थियो, ऊ छोडेर गयो । मलाई आज छाडिदियो, मेरो लयरले छुटाइदियो ।' दयाली अब छिटो नेपाल फर्कन चाहन्छन् । उनले भनेका छन् 'मसँग पैसा छ, छिटो टिकट काटेर नेपाल पठाईदिनु ।'

(तश्विर: भिम दियाली तथा वकिल मिस कैरिन) फोटो साभार: वकिल Kharen Stephenson बाट | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह