Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मृत्युदण्डको सजायबाट जोगिए यी नेपाली, कसरी परे जेल ?

२०७४, ३० भाद्र शुक्रबार १७:३५

भदौ ३०, मलेशिया । तीन वर्ष अगाडि रोजगारीको लागि मलेशिया आएका एक नेपाली मृत्युदण्डको सजायबाट जोगिएका छन् । 

इलामको साविक एकतप्पा गाविस वडा न ७ घर भएका २८ बर्षीय भिम दियाली मृत्युदण्डको सजायबाट जोगिएका हुन् । दियाली गतवर्ष फेब्रुवरी १८ मा मध्येराति पक्राउ परि मलेसियाको सुगाईवुलो जेलमा परेका थिए । 

आज (सेप्टेम्बर १५ तारिख)का दिन मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दोष ठहरिएको वकिलको फेसबुकमार्फत भिडिमा जानकारी दिएका छन् ।

मलेसिया ईमिग्रेसनको पत्र आएपछि दियालीलाई ट्राभल्स डकुमेन्ट दिईने कुरा दुतावासका द्धितिय सचिव श्री विनोद मुखियाले जानकारी दिएका छन् । भिम दियालीलाई जेलमुक्त गर्नको लागि पूर्व सभामुख श्री सुबास चन्द्र नेम्बाङ तथा नेपाली राजदुतावास मलेसियाका निरञ्जन बस्नेत, द्धितिय सचिव विनोद मुखिया एवम् नेपाली दुतावास मलेसिया परिवारको प्रयासमा वकिल मिस कैरिनले निकै मेहनत गरेका थिए । 

कसरी परे जेल ?

भिम दियालीलाई लागुऔषध (गाँजा) ओसारपसारको आरोपमा जेल हालिएको थियो । मलेसियामा लागुऔषध ओसारपसार जघन्य अपराध मानिन्छ । यस्तो मुद्धा लागेकाहरु विरलै छुट्ने गर्छन । 

दियाली जेल परेपछि उनका गाउँल दाई बुद्धिमान राईमार्फत बिभिन्न निकायसम्म पहल सुरु गरिएको थियो । राईले उनि जेल परेको विषय रेशम बराईली मार्फत थाहा पाई दुतावाससम्म पुर्याएको बताएका छन् ।

दियालीले आफु मुक्त भएपछी भनेका छन्,’मेरो गाजा केश थियो जुन मेरो थिएन अर्को साथीको थियो, ऊ छोडेर गयो । मलाई आज छाडिदियो, मेरो लयरले छुटाइदियो ।' दयाली अब छिटो नेपाल फर्कन चाहन्छन् । उनले भनेका छन् 'मसँग पैसा छ, छिटो टिकट काटेर नेपाल पठाईदिनु ।'

(तश्विर: भिम दियाली तथा वकिल मिस कैरिन) फोटो साभार: वकिल Kharen Stephenson बाट | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै