१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले १ किलो सुन पाइन्

३१ भाद्र २०७४, शनिबार ०४:१८

भदौ ३१, काठमाडौं | १ किलो सुन ? मान्छेलाई १ तोला सुन पाउँदा पनि रमाइलो लाग्छ तर एक किलो पाउँदा कति खुसि लाग्ला ? 

बजार भाउकै कुरा गर्ने हो भने १ तोला सुनको मूल्य ५७ हजार माथी छ ।  अब आफै हिसाव गर्नुस १ किलोमा ८५.७ तोला सुन हुन्छ भने १ किलो सुनको मूल्य कति पर्ला ? लगभग ४९ लाख । 

कुरा ख्यातीप्राप्त दैनिक पत्रिका कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको हो । यसपाली कान्तिपुर दैनिकको कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको बिजेता कलंकीकी ५० वर्षीया गृहिणी कमला रिजाल हुन सफल भएकि छन् । कमलालाई शुक्रबार घोषणा गरिएको बम्पर पुरस्कारले ठूलो खुसि दिएको छ । बडादसैंको पूर्वसन्ध्यामा उनले ‘कान्तिपुरकोस्वर्णपुर’ ग्राहक योजनाको बम्पर पुरस्कार बापत १ किलो(८५.७ तोला) सुन प्राप्त गर्न सफल भएकी हुन् । 

आज कान्तिपुर दैनिकले लेखे अनुसार बम्पर पुरस्कारको लक्की ड्र शुक्रबार कान्तिपुर टीभीमा ४ बजेपछि लाइभ देखाउने कुरा कमलालाई पनि थाहा थियो । टिभी हेरौं भनेर टीभी हेर्न खोजेकी कमला बिजुली गएपछि बारीतिर ओर्लिइन् तर पछि  घरको फोनमा कुनै अपरिचितले १ किलोसुन परेको खबर सुनाउंदै बधाई दिएका थिए  ।

कान्तिपुर पत्रिकाको ग्राहक बनेर प्राप्त गरेको सुन बिक्री गरी छोरीलाई एमडी पढाउने कमलाको योजना छ । ‘छोरीलाई पैसा तिरेर डाक्टर पढाएँ, अब सुन बिक्री गरेर एमडी बनाउनेछु,’ उनले भनिन् ।

कान्तिपुरले चैतदेखि थालेको ६ महिने कान्तिपुरको स्वर्णपुर ग्राहक अभियानको समापन कमल पोखरीस्थित सिटी सेन्टरमा गरिएको थियो । त्यहाँ गरिएको लक्की ड्रमा कमलाको ग्राहक

रसिद नम्बर ८३५२३ छानिएको थियो । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह