१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको मालपोत हाकिमलाई कालो मोसो लगाउने दुई पक्राउ

३१ भाद्र २०७४, शनिबार ०६:३७

भदौ ३१, नवलपरासी । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालो मासो लगाएको आरोपमा नेकपा (विप्लव समूह) का दुई जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  

गत बुधबार कार्यालय समयमा पुगेका नेकपाका तीन कार्यकर्ताले मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलेका थिए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ६ वटा कारण उल्लेख भएको पर्चा मालपोत कार्यलय परिसरमा भेटिएको थियो ।

जसको पहिलो नम्बरमा सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको उल्लेख गरिएको थियो । 

घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिएको, सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायतका आरोप लगाइएको थियो । 

कालो मोसो लगाएको आरोपमा नेकपाका जिल्ला,सचिव चित्तलसिंह राना ( देवचुली नगरपालिका–१ सुनाघाट) र जिल्ला सदस्य प्रेम ढकाल (सुनवल नगरपालिका–१३ रामनगर) लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । शुक्रबार पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र शनिबार बिहान पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

कानुन हातमा लिएर कार्यालय प्रमुखलाई कालो मोसो लगाउने दुवै जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह