२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको मालपोत हाकिमलाई कालो मोसो लगाउने दुई पक्राउ

२०७४, ३१ भाद्र शनिबार ०६:३७

भदौ ३१, नवलपरासी । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालो मासो लगाएको आरोपमा नेकपा (विप्लव समूह) का दुई जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  

गत बुधबार कार्यालय समयमा पुगेका नेकपाका तीन कार्यकर्ताले मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलेका थिए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ६ वटा कारण उल्लेख भएको पर्चा मालपोत कार्यलय परिसरमा भेटिएको थियो ।

जसको पहिलो नम्बरमा सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको उल्लेख गरिएको थियो । 

घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिएको, सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायतका आरोप लगाइएको थियो । 

कालो मोसो लगाएको आरोपमा नेकपाका जिल्ला,सचिव चित्तलसिंह राना ( देवचुली नगरपालिका–१ सुनाघाट) र जिल्ला सदस्य प्रेम ढकाल (सुनवल नगरपालिका–१३ रामनगर) लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । शुक्रबार पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र शनिबार बिहान पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

कानुन हातमा लिएर कार्यालय प्रमुखलाई कालो मोसो लगाउने दुवै जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल