२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कर्मचारीसहित जुवा खालबाट ५ जना पक्राउ

२०७४, ३१ भाद्र शनिबार ०६:४४

भदौ ३१, जुम्ला । जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

सबै जुवाडेको नाम सार्वजनिक गरेपनि ति मध्य सरकारी कर्मचारी को को हुन् भन्ने बिवरण खुलाएको छैन । पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर ७ का धिरबहादुर महत, तिला गाउँपालिका वडा नम्बर ५ का रणबहादुर बुढा रहेका छन

यसैगरी चन्दननाथ नगरपालीका वडा नम्बर ४ का कालिबहादुर भण्डारी, तिला गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र बुढा र चन्दननाथ नगरपालिका वडा नम्बर ४ का नवराज भारति रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । ५ दिन भित्र घटनाको विषयमा थप अनुसन्धान गरेर उनिहरुलाई जिल्ला अदालतमा कारवार्हीको लागी पठाईने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल