१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति

१ आश्विन २०७४, आईतवार ०७:१४

असोज १, काठमाडौँ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । 

पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उहाँले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानसेनापति क्षत्रीले भन्नुभयो, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ । 

पतञ्जलि योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गर्नुभयो । 

पतञ्जलि योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पु¥याउँछ भन्नुभयो । 

उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४०० जनाको सहभागिता रहेको थियो । 

शिविरमा योग र प्राणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह