२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिकित्सा पुरस्कार डा. ओझालाई

२०७४, १ आश्विन आईतवार ०९:१८

असोज १, बागलुङ। जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ । 

कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो । 

स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबापत प्रा डा ओझालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । मानसिक रोग विशेषज्ञका रुपमा लामो समयदेखि सेवारत प्रा डा ओझा बागलुङमा जन्मनुभएको हो । 

यसैगरी कोषले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई रू १५ हजार राशि सहितको ‘डा तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरेको छ । सो कोषले आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई सहायता गर्दै आएको छ । 

सोही कार्यक्रममा बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । लेते प्राथमिक स्वास्थ्य चौकी मुस्ताङका जनस्वास्थ्य अधिकृत सीताराम कार्की, कटुवाचौपारी स्वास्थ्य चौकी पर्वतका जनस्वास्थ्य अधिकृत रुद्र शर्मा, सिँगा स्वास्थ्य चौकी म्याग्दीका जेष्ठ अहेव हरिलाल अधिकारी र पाण्डवखानी स्वास्थ्य चौकीका अनमी हिमाकुमारी श्रीसले जनही नगद रु सात हजार ५०० पाउनुभएको थियो । 

कोषले विगत चार वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेल धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहँदा सो कोष स्थापना गर्नुभएको थियो । लामो समय उक्त अस्पतालको मेडिकल सुपरीटेण्डेन भएर काम गर्नुभएका डा पौडेल पनि बागलुङवासी हुनुहुन्छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल