२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुलेलीले छाक जोहो गर्दै कृष्णगोपाल

२४ मंसिर २०७२, बिहीबार २०:४६

krishana gopal 1 प्रभात सुवदी/मङ्सिर २५, बर्दिया । अनुहार भरी सेता काला दाह्री र जुङ्गा, जीवनले कूल आयुको आधाआधी काटीसेकेको अवस्था, अघिपछिको ज्याला मजुरीको कामलाई माया मारेर चिसो मौसममा एकाबिहानै हातमा गुलेली र मट्याङ्ग्रा लिएर ऊनी विहानै घरबाट निस्कन्छन् ।

अनि युद्धमैदानमा गुलेलीको सहयोगबाट सकेसम्मको बल र निशाना लगाएर उनी प्रहार गर्दछन् शत्रुहरुलाई तर बडो सावधानीका साथमा । आफू सुरक्षित भएर दिनभरी हातमा गुलेली चलाएर थकित भएपछि आराम र मनोरञ्जनका लागि रेडियो पनि सुन्छन् उनी ।

गुलरिया नगरपालिका वडा नं. ३ खैरापुर हुँदै सानोश्री ताराताल नगरपालिका जाने बाटोमा पुराना सिमलका रुखहरुमध्ये अहिले जम्मा तीनओटा रुखहरु मात्र रहेका छन् ।

ती रुखहरुमा मौरी बस्न थालेको झण्डै आधा शताब्दी हुन आँटेको छ । उनले जान्दा वि.सं. २०३० सालदेखि नै मौरी बस्न थालेको बताउँछन् स्थानीय ५२ वर्षीय कृष्णगोपाल ठठेर ।

एउटा रूखमा मात्रै ३०/४० घार मौरी बस्ने गरेकोमा यसपाली भने बर्खाको समयमा राम्रो पानी नपरेका कारण र मौसम पनि मौरीको लागि त्यति अनुकूल नभएको र मौरीको लागि प्रसस्त चरन नएकाले गर्दा त्यहाँ भएका तीनओटा रूखहरुमध्ये एउटामा मात्रै अहिले जम्मा २१/२२ घार मात्रै बसेको उहाँ बताउनुहुन्छ । जबकी विगतका वर्षहरुमा एउटा रुखमा मात्रै ३५/४० को हाराहारीमा बस्ने गरेको ठठेरको भनाई छ ।
आफ्नै घरको आँगन नजिककैको रूख भएपनि नगरपालिकाबाट ६ महिनाका लगि रु. ३ हजार ८ सयमा ठेक्का लिनुभएको छ उहाँले । तर, यसरी ठेक्का लिएबापत यस सम्बन्धी कुनै प्राविधिक सेवा सुविधा नपाएको उहाँको गुनासो रहेको छ ।

ठूलो रूख भएका कारण मौरी काड्न पनि गाह्रो अनि बाटो नजिक भएको कारणले गर्दा कहिलेकाहीँ चराचुरुङ्गीहरुले मौरीलाई जिस्क्याउँदा पनि मौरी भाग्ने र वरपर मानिसहरुलाई आक्रमण गर्ने भएकोले यो ठूलो समस्या बनेको उहाँ बताउनुहुन्छ । मौरी जिस्किएको अवस्थामा बाटो नै बन्द हुने गरेको उहाँ बताउनुहुन्छ ।

krisha gopal

मौरी काड्न जान्ने दक्ष मान्छे र प्राविधिक उपकरणहरु नहुँदा पुरा मह निकाल्न नसकिएकोले सिजनमा जम्मा जम्मी ४०÷५० किलो मात्र मह निकाल्ने गरेको कृष्णगोपाल ठठेर बताउनुहुन्छ । गत वर्षसम्म तीनसय रुपैया प्रति किलो बेचेको तर यसपाली देखि भने चार सय रुपैया प्रातिकिलो बेच्ने विक्री गर्ने गरी दर तय गरेको उहाँ बताउनुहुन्छ ।

उचित लगानी र प्रोत्साहन दिन सकिएमा यस क्षेत्रमा रहेका सिमलका रूखहरुमा बस्ने मौरीहरुबाट औषधीय गुण भएको गुणस्तरीय मह प्रसस्त उत्पादन गरी यसबाट मनग्गे आम्दानी लिन सकिने कुरामा कुनै शन्देह छैन । समयमा नै जिल्ला कृषि विकास कार्यालय तथा सम्बद्ध निकायहरुको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प