२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना

२०७४, २ आश्विन सोमबार ०७:३८

असोज २, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । 

फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । 

महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ । 

ल्याण्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौँमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकूमा ल्याउन शुरु गरिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ । 

कामपा–१२ का वडा अध्यक्ष विकास महर्जनले फोहर व्यवस्थापनमा ढिलासुस्ती भएका कारण विभिन्न रोगको संक्रमण बढने खतरा रहेकाले स्थानीयवासीले विरोध गरेको जानकारी दिँदै दसैँ, दिपावलीलगायत चाडवाडका समयमा फोहर व्यवस्थापन छिटोछरितो गर्न वैकल्पिक उपाय अपनाउनका लागि छलफल गरिने जानकारी दिनुभयो । 

वातावारण व्यवस्था विभागमा इञ्जिनियर रवीनमान श्रेष्ठले स्थानीयवासीले अवरोध गरेका कारण काठमाडौँको फोहर व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । 

धर्नाका कारण कुलेश्वर भई टेकु तथा सानेपादेखि टेकूसम्मको सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकमा सार्वजनिक सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु समस्यामा परेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल