१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

२ आश्विन २०७४, सोमबार ०७:३९

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । 

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

त्यसैगरी मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो । 

सरकारले संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ । त्यसैगरी आजको मन्त्रिपरिषद्ले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ । 

“पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

सूचना तथा सञ्चार मन्त्रालयको सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह