२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

२०७४, २ आश्विन सोमबार ०७:३९

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । 

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

त्यसैगरी मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो । 

सरकारले संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ । त्यसैगरी आजको मन्त्रिपरिषद्ले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ । 

“पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

सूचना तथा सञ्चार मन्त्रालयको सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल