२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिकले चाडपर्वमा मापसे जाँचलाई कडाई गर्ने

२०७४, २ आश्विन सोमबार ०७:५९

असोज २, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । 

चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । 

यस्तै महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ । 

महाशाखा प्रमुख खनालले सवारी चालकले सवारी नियम उलंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षको अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ । 

उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुंगा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायतका मुख्य स्थानमा ट्राफिक महाशाखाले यातायात व्यवस्था विभागसँग मिलेर नागरिक सहायता कक्ष राखेको छ । 

महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ । 

यसैगरी जनताको जनचेतनाका निम्ती एफएम रेडियो, मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनुका साथै ठाउँठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याको बारेमा पूर्व सूचना दिने व्यवस्था मिलाएको छ । 

यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ । 

महाशाखाले सवारी साधनद्वारा हुने कुनैपनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल