२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जोखिमपूर्ण यात्रामा नेपाली प्रेस

२०७२, २८ पुष मंगलवार १३:२९

bardiyaपुस २८, बर्दिया । नेपाली प्रेस जगत जोखिमपूर्ण यात्रामा रहेकोले यसका लगि राज्यले विशेष प्याकेज तय गर्नुपर्नेमा आज सदरमुकाम गुलरियामा सम्पन्न प्रेस चौतारीको सातौ जिल्ला अधिवेशनका क्रममा औंल्याइएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले उपरोक्त कुरामा जोड दिँदै मोफसलमा राज्यले पत्रकारिताको विकासका लागि लोक कल्याणकारी विज्ञापनलाई विकेन्द्रिकृत नीति लागू तथा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यसका लागि केन्द्रिय निकायहरुमा दवाव दिने कार्य भैरहेको बताउनुभयो । शुभकामना मन्तव्य राख्नुहुँदै पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले पत्रकारीताको क्षेत्रका साझा मुद्धाहरुलाई उठान गर्दै जिम्मेवार भूमिकाका साथ अगाडि बढेको प्रेस जगत समक्ष थप चुनौतीहरुका साथै व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारीको प्रगति प्रतिवेदन अध्यक्ष मान बहादुर चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष सुस्मिता लामाले प्रस्तुत गर्नुभएको थियो । सातौं महाधिवेशनले डिलप्रकाश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्विरोध निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष जनक चौधरी, सचिव यज्ञ प्रसाद सापकोटा, सह–सचिव सरस्वती लामिछाने, कोषाध्यक्ष दल बहादुर सुनार, सदस्यहरु राजकुमार वि.क., बलराम उपाध्याय, शरम चौधरी, दिलीप लम्साल, दिनेश ठाकुर, जोधीराम थारु, मिना थारु र प्रभात सुवेदी रहनुभएको छ ।

सातौं अधिवेशनले मूर्तिहा भुरीगाउँ सडकखण्डको निर्माण, नेपालको संविधान २०७२ को कार्यान्वय, बाढीबाट विस्थापितहरुको पुर्नस्थापना, सञ्चार तथा सञ्चारकर्मीहरुमाथीको आक्रमण लगायतका सवालहरुमा ७ बुँदे प्रस्तावहरु पारित गरेको छ । अधिवेशनको उद्घाटन शत्रमा जिल्लास्थित नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार संघ, थारु पत्रकार संघ, मधेशी पत्रकार संघ, थारु सञ्चार मञ्च लगायतका पत्रकार संघ÷संगठनहरुका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन