१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जोखिमपूर्ण यात्रामा नेपाली प्रेस

२८ पुष २०७२, मंगलवार १३:२९

bardiyaपुस २८, बर्दिया । नेपाली प्रेस जगत जोखिमपूर्ण यात्रामा रहेकोले यसका लगि राज्यले विशेष प्याकेज तय गर्नुपर्नेमा आज सदरमुकाम गुलरियामा सम्पन्न प्रेस चौतारीको सातौ जिल्ला अधिवेशनका क्रममा औंल्याइएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले उपरोक्त कुरामा जोड दिँदै मोफसलमा राज्यले पत्रकारिताको विकासका लागि लोक कल्याणकारी विज्ञापनलाई विकेन्द्रिकृत नीति लागू तथा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यसका लागि केन्द्रिय निकायहरुमा दवाव दिने कार्य भैरहेको बताउनुभयो । शुभकामना मन्तव्य राख्नुहुँदै पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले पत्रकारीताको क्षेत्रका साझा मुद्धाहरुलाई उठान गर्दै जिम्मेवार भूमिकाका साथ अगाडि बढेको प्रेस जगत समक्ष थप चुनौतीहरुका साथै व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारीको प्रगति प्रतिवेदन अध्यक्ष मान बहादुर चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष सुस्मिता लामाले प्रस्तुत गर्नुभएको थियो । सातौं महाधिवेशनले डिलप्रकाश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्विरोध निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष जनक चौधरी, सचिव यज्ञ प्रसाद सापकोटा, सह–सचिव सरस्वती लामिछाने, कोषाध्यक्ष दल बहादुर सुनार, सदस्यहरु राजकुमार वि.क., बलराम उपाध्याय, शरम चौधरी, दिलीप लम्साल, दिनेश ठाकुर, जोधीराम थारु, मिना थारु र प्रभात सुवेदी रहनुभएको छ ।

सातौं अधिवेशनले मूर्तिहा भुरीगाउँ सडकखण्डको निर्माण, नेपालको संविधान २०७२ को कार्यान्वय, बाढीबाट विस्थापितहरुको पुर्नस्थापना, सञ्चार तथा सञ्चारकर्मीहरुमाथीको आक्रमण लगायतका सवालहरुमा ७ बुँदे प्रस्तावहरु पारित गरेको छ । अधिवेशनको उद्घाटन शत्रमा जिल्लास्थित नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार संघ, थारु पत्रकार संघ, मधेशी पत्रकार संघ, थारु सञ्चार मञ्च लगायतका पत्रकार संघ÷संगठनहरुका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव